Techie IT
२०८२ चैत्र २६, बिहीबार

समाचार

राष्ट्रिय योजनाको आयोगको उपाध्यक्षमा डा. भट्ट, राष्ट्र बैंकको डेपुटी गर्भनरमा पण्डित नियुक्त



काठमाडौं—सरकारले राष्ट्रिय योजनाको आयोगको उपाध्यक्षमा डा. गुणाकरण भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टराई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । 

उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । गर्भनर बन्ने लाइनमा रहेका उनलाई तत्कालीन सरकारले नियुक्त गरेन । त्यसपछि उनी राष्ट्र बैंकबाट बाहिरिएका थिए । 

अर्थशास्त्रका विद्यार्थी भट्ट अर्थ मन्त्रालयका पूर्व आर्थिक सल्लाहकार पनि हुन् । 

यस्तै, सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गर्भनर पदमा किरण पण्डितलाई नियुक्त गरेको छ । राष्ट्र बैंकमा सेवा थालेको २० वर्षमा डेपुटी गर्भनर भएका पण्डित पाँच वर्षसम्म सो पदमा रहनेछ । 

यसअघि उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट