Techie IT
२०८३ श्रावण ८, शुक्रबार

समाचार

शंकर समूहका अध्यक्ष शंकर अग्रवाल छुटे


काठमाडौं—सम्पत्ति शुद्धीकरण मुद्धामा पक्राउ परेका शंकर समूहका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। आइतबार सम्पत्ति शुद्धीकरण विभागले बयानको काम सकिएपछि शंकर छाडेको हो ।

२० चैतमा  शंकर समूहका अध्यक्ष अग्रवाल र सञ्चालक उनका छोरा साहिललाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।

व्यापारी दिपक भट्टसँग जोडिएकाले उनीहरुलाई पक्राउ गरिएका हो । यसअघि भट्टलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्धामा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।  

९१ वर्ष पुरानो शंकर समूह नेपालको अग्रणी व्यवसायिक घरानामा पर्छ । सवा खर्बको वार्षिक कारोबार रहेको शंकर समूहको ६० भन्दा बढी उधोग, व्यवसायमा लगानी छ । समूहको जगदम्बा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, इन्स्योरेन्स, उपभोक्ता वस्तुलगायत विभिन्न क्षेत्रमा लगानी छ ।

समूहअन्तर्गतका कम्पनीहरुका १५ हजार बढीले रोजगारी पाएका छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट