समाचार
इजराल—अमेरिका र इरान युद्धको बाछिटाः नेपालमा हवाई भाडामा भारी वृद्धि
काठमाडौं—अमेरिका—इजराल र इरानबीच मध्यपूर्वमा चर्किएको युद्धपछि इन्धनमा मुल्यवृद्धि भएपछि नेपालको डोमेस्टीक उडड्नमा पनि त्यसको प्रभाव देखिन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो भाडादरअनुसार काठमाडौं—धनगढी रुटमा अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।
अब धनगढीको न्यूनतम भाडादर ११ हजार ९० रुपैयाँ पुगेको छ ।
माउण्टेन फ्लाइटको भाडा न्यूनतम ११ हजार ४२ रुपैयाँ छ भने अधिकतम १८ हजार २६ रुपैयाँसम्म तोकिएको छ । यस्तै, काठमाडौं भद्रपुरको भाडा न्यूनतम ९ हजार ९८९ निर्धारण गरिएको छ भने अधिकतम १३ हजार ८३७ रुपैयाँ तोकिएको छ ।
पोखरा रुटको हवाई भाडा न्यूनतम ५ हजार ५१५ रुपैयाँ र अधिकतम ८ हजार ६०५ रुपैयाँ तोकिएको छ ।
कुन रुटमा कति हवाई भाडा ?



तपाईको प्रतिक्रिया दिनुहोस