समाचार
अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, यस्तो छ बालेनको १५ सदस्सीय क्याबिनेट
काठमाडौं—अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त अर्थमन्त्री डा. वाग्लेले शुक्रबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य रहेको मध्यपूर्व युद्ध रहेका बेला डा. वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनलाई रोजगारीमा आधारित नेपालको अर्थतन्त्रलाई युद्धकै बीचमा सन्तुलनमा राख्नुपर्ने गहन जिम्मेवारी आइपरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभापति समेत रहेका डा. वाग्ले तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । शुक्रबार नै प्रधानमन्त्री नियुक्त भएर सपथ लिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले अर्थमन्त्रीमा डा. वाग्लेसँगै आफ्नो क्याबिनेट बनाएका छन् ।
यस्तो छ बालेनको १५ सदस्सीय क्याबिनेट
१. बालेन्द्र शाह, प्रधानमन्त्री, रक्षा, उधोग
२. डा. स्वर्णिम वाग्ले, मन्त्री, अर्थ मन्त्रालय
३. सुदन गुरुङ, मन्त्री, गृह मन्त्रालय
४. शिशिर खनाल, मन्त्री, परराष्ट्र मन्त्रालय
५. सुनिल लम्साल, मन्त्री, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालय
६. विराजभक्त श्रेष्ठ, मन्त्री, उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय
७. खड्गराज पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय
८. सस्मित पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकूद मन्त्रालय
९. निशा मेहता, स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय
१०. डा. विक्रम तिमिल्सिना, सञ्चार तथा सूचना प्रविधि
११. प्रतिभा रावल, संघीय मामिला तथा सामान्य प्रशासन, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२. सोभिता गौतम, मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला
१३. गीता चौधरी, मन्त्री, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण
१४. दिपककुमार साह, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. सीता वादी, मन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिक


तपाईको प्रतिक्रिया दिनुहोस