Techie IT
२०८२ फागुन १२, मंगलबार

समाचार

६ अर्ब ६३ करोड रुपैयाँमा पोखरा विश्वविद्यालयको भौतिक संरचना बन्ने


तस्विरः पोखरा विश्वविद्यालय/फेसबुकबाट

काठमाडौं—पोखरा विश्वविद्यालयले ६ अर्ब ६३ करोड रुपैयाँ लागतमा भौतिक संरचना निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिका–३० गगनगौडा मुसेटुँडामा निर्माण हुने उक्त परियोजना १५,५१०.४२ वर्ग मि. क्षेत्रफलमा बन्नेछ । 

पोखरा विश्वविद्यालयको वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)प्रतिवेदनअनुसार परियोजनामा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका तीन विङ्गहरु बन्नेछन् । जसमा शैक्षिक भवन, प्रशासनिक भवन, होस्टेल भवन, पुस्तकालय, अडिटोरियम, स्टाफ क्वार्टर र भवन, चमेना गृह, गार्ड हाउस र खोला नियन्त्रण संरचना हुनेछन् । 

परियोजना बनेर विश्वविद्यालय पूर्ण रुपमा सञ्चालनमा आउँदा इन्जिनियरिङ, म्यानेजमेन्ट र सामाजिक विज्ञानका कार्यक्रमहरुमा झण्डै २ हजार ३२ जना विद्यार्थीले अध्ययनको मौका पाउनेछन् । 

परियोजना सकिएपछि १५० जनालाई स्थायी र ३११ जनलाई स्थायी रोजगारी मिल्ने आँकलन छ । परियोजनाले नेपालकै शैक्षिक उन्ननयमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट