समाचार
देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोडमा अत्याधुनिक कारखाना खोल्दैं
काठमाडौं—देउराली जनता फर्मास्युटिकल्सले ४ अर्ब ५० करोड रुपैयाँ लगानीमा नयाँ अत्याधुनिक कारखाना खोल्ने भएको छ । कम्पनीले भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डको नयाँ कारखाना बनाउन ४ अर्ब ५० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कम्पनीले नयाँ परियोजना सञ्चालनमा आएपश्चात थप ५५० जनालाई प्रत्यक्ष रोजगारी पाउने जनाएको छ । हाल देउराली जनता फर्मास्युटिकल्समा ६७५ जना कर्मचारीले काम गरिरहेका छन् ।
देउराली जनता फर्मास्युटिकल्स प्रा.लि. ३५ वर्षअघि स्थापना भएको हो । कम्पनीले अत्यावश्यक जीवन रक्षक औषधिहरू र विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्नेलगायतका २९६ प्रकारका औषधिहरू उत्पादन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस