समाचार
६ महिनामा भित्रियो १० खर्ब ६२ अर्ब रेमिट्यान्स
काठमाडौं— चालु आर्थिक वर्षको ६ महिनामा १० खर्ब ६२ अर्ब रेमिट्यान्स भित्रिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको देशको आर्थिक तथा वित्तीय स्थितीअनुसार विदेशीमा रहेका नेपालीहरुले साउनदेखि पुससम्म १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स पठाएका हुन् ।
आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा रेमिट्यान्स आप्रवाहमा ३९.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा छ । गत वर्षको पुस महिनामा भने १ खर्ब २२ अर्ब ४४ करोड रेमिट्यान्स भित्रिएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली संख्यामा वृद्धि हुनु, अमेरिकी डलरको भाउ बढ्नुलगायतका कारण रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको विज्ञहरुले बताएका छन् ।
कुन महिनामा कति भित्रियो रेमिट्यान्स ?
साउनमा —१ ख्र्ब ७७ अर्ब
भदौंमा —१ खर्ब ७४ अर्ब
असोजमा —२ खर्ब १ अर्ब
कात्तिकमा—१ खर्ब ३३ अर्ब
मंसिरमा —१ खर्ब ८३ अर्ब
पुसमा—१ खर्ब ९२ अर्ब


तपाईको प्रतिक्रिया दिनुहोस