आईएमईका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओममा १० प्रतिशत छुट

काठमाडौं—आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार अब आईएमईका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओममा उपचार सेवा लिदा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यसैगरी, ओमले हेल्थ चेकअप प्याकेजमा पनि विशेष सहुलियत दिने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।
अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस