Techie IT
२०८२ भाद्र १६, सोमबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ सम्पन्न


पोखरा—सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेल्स कन्भेन्सन, २०८२ सम्पन्न भएको छ । सूर्यज्योतिले देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, विभागीय प्रमुख, उच्च व्यवस्थापन लगायत संचालक समितिका पदाधिकारीको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

करिब २०० जना कर्मचारीहरुको उपस्थितिमा आयोजित सेल्स कन्भेन्सन, २०८२ भव्यताका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, संचालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, व्यवस्थापनका उच्च पदाधिकारीलगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

साथै, कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ‘वी क्यान थिम’लाई मूलमन्त्रका रुपमा आत्मसात गर्दै सम्पूर्ण कर्मचारीहरु एक जुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेका छन। 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट