भैरहवामा नेशनल लाइफको गाला कन्सर्ट
(1).jpg)
काठमाडौं—नेशनल लाईफ इन्स्योरेन्स क. लि.ले भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजनाअनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि उक्त गाला कन्सर्टको आयोजना गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी गाला कन्सर्टको समुद्घाटन गरेका थिए । सो कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगीतिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडियन सुमन कोइरालाको कमेडी प्रस्तुतीसहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड प्रस्तुती रहेको थियो । यसैगरी, चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको माग तथा चाहनालाई मध्यनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्र्सटलाइ निरन्तरता दिएको र यस योजनालाई देशैभरका अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस