समाचार
तीन अर्ब लगानीमा बुटवलमा सञ्चालनमा आयो पाँच तारे होटल ‘हायात प्लेस बुटवल’
तीन अर्ब लगानीमा पश्चिम नेपालको औधोगिक तथा पर्यटकीय हब बुटवलमा पाँच तारे होटल ‘हायात प्लेस बुटवल’ सञ्चालनमा आएको छ । हस्पिटालिटीको अन्तर्राष्ट्रिय अनुभव गराउने उद्देश्यका साथ २५ नोभेम्बरमा औपचारिक उद्घाटन गरिएको ‘हायात प्लेस बुटवल’ २५ कठ्ठा क्षेत्रफलमा १० तलाको भवनबाट सञ्चालनमा आएको हो ।
पाहुनाहरू र 'वर्ल्ड अफ हायात' का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो। नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइफाइ तथा २४ सै घण्टा खानाका परिकारजस्ता सुविधाहरू उपलब्ध छन्। हायात प्लेस बुटवललाई बिजनेस (व्यापारिक) र लेजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको छ ।
पाहुनाहरूको सत्कारमा केहि कसर नछाड्ने हायातको मूलमन्त्रलाई आत्मसाथ गर्दै हायात प्लेस होटेलहरूले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध हुने सुविधाहरूको संयोजन गरी आधुनिक व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्दछन्। 
होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिटसम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन्। यस होटेलको मुख्य आकर्षण भनेको १,५६० वर्ग फिटमा फैलिएको 'प्रेसिडेन्सियल सुइट' हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय अनुभव प्रदान गर्ने विश्वास सञ्चालकको छ । साथै, हायात प्लेस बुटवलमा १५० जनासम्म अटाउने ग्रान्ड बलरुम सहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध छन्।
'हामी हाम्रा पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ,' हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भने, 'हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठाहरू, विविध खानपानका विकल्पहरू र फराकिला कार्यक्रमस्थलहरूले गर्दा हामी बिजनेस र लेजर दुवैखाले यात्रुहरूका लागि आदर्श गन्तव्य बनेका छौँ।'
तुषारकाअनुसार पाहुनाहरू काम गर्न, थकान मेटाउन, सम्मेलनमा भाग लिन वा विशेष अवसर मनाउन आएकाहरुको हरेक मोडमा सुविधा र आरामको मिलन हुने गरी स्वागतयोग्य वातावरण सिर्जना गर्न प्रयासरत हायात प्लेस व्यवस्थापन तयार छ । ‘हाम्रो समर्पित टिम व्यक्तिगत सेवा प्रदान गर्न र हरेक बसाइँलाई यादगार बनाउन उत्साहित छ, जसले बुटवलको मुटुमा एक प्रमुख रोजाइको रूपमा हाम्रो पहिचानलाई अझ बलियो बनाउनेछ,’ उनले थपे ।
हायात प्लेस बुटवलमा सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका १०९ फराकिला गेस्टरुमहरू छन्, जसमा कोजी कर्नर, सोफा—स्लिपर बेड समेत रहेका छन्।.jpeg)
यस्तै, सबै पाहुनाहरूको आवश्यकताअनुसार तातो र चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट, दिन वा रात जुनसुकै समयमा ताजा खाना वा खाजा पाइने ‘द मार्केट’, विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेलहरू पाइने ‘जिङ बार’, पाहुनाहरूले केही सामान ल्याउन बिर्सेमा किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम, होटेल र कोठाहरूमा निःशुल्क वाइफाइ र पारिवारिक वातावरण प्रदान गर्ने स्थानहरू जस्तैः आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र किड्स प्ले एरियाजस्ता सुविधा उपलब्ध छन् ।
हायात प्लेस बुटवलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले सम्हालेका छन्। तुषारले होटेलको दैनिक सञ्चालन व्यवस्थापन, कर्मचारीहरूको रेखदेख र हायात प्लेस ब्रान्डले दिने सेवा पाहुनाहरूले प्राप्त गरून् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी वहन गर्नेछन्। त्यस्तै, ब्यानर्जीले बुटवल क्षेत्रमा आउने यात्रु र मिटिङ प्लानरहरूलाई सेल्स सेवा र सहयोग प्रदान गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।
शिकागोमा मुख्यालय रहेको हायात होटेल्स कर्पोरेसन, 'मानिसहरूको हेरचाह गर्ने ताकि उनीहरू आफ्नो सर्वश्रेष्ठ बन्न सकून्' भन्ने उद्देश्यद्वारा निर्देशित एक अग्रणी विश्वव्यापी आतिथ्य कम्पनी हो। ३० सेप्टेम्बर २०२५ सम्ममा कम्पनीको पोर्टफोलियोमा ६ महादेशका ८२ देशहरूमा १,४५० भन्दा बढी होटेल र अल-इन्क्लुसिभ प्रोपर्टीहरू समावेश छन्।


तपाईको प्रतिक्रिया दिनुहोस