Techie IT
२०८२ जेष्ठ ९, बिहीबार

७ अर्बमा रुपैयाँमा शेष घले र अमृत शाक्य स्वनिगः रिसोर्ट बनाउँदैं


काठमाडौं—अर्बपति व्यवसायी शेष घले र अमृतरत्न शाक्यको संयुक्त लगानीमा भक्तपुरमा रिसोर्ट बन्ने भएको छ ।  सूर्यविनायक नगरपालिका—७, गुण्डूको ध्याम्पेडाडाँमा ७ अर्ब रुपैयाँको लगानीमा स्वनिगः रिसोर्ट निर्माण हुन लागेको हो । 

उक्त होटलको शिलान्यास सोमबार गरिएको छ । दरबारमार्गमा होटल बनाइरहेका घलेले भक्तपुरमा पनि ठूलो लगानीमा रिसोर्ट बनाउन लागेका हुन् । झण्डै १ सय रोपनी क्षेत्रफलमा उक्त रिसोर्टमा ६० भिल्ला हुनेछन् । 

फाइभस्टारस्तरको यो रिसोर्टमा स्वीमिङ पुल, फिटनेस सेन्टर, क्लब, रेष्टुरेन्ट, सेमिनार हललगायतका संरचना रहनेछन् ।  

विदेशी पर्यटकहरुलाई लक्षित गर्न यो रिसोर्ट निर्माण गर्न लागिएको हो । रिसोर्टमा घले र शाक्यको ५०/५० प्रतिशत शेयर रहनेछ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट