Techie IT
२०८२ कार्तिक ४, सोमबार

धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट


काठमाडौं—एनआईसी एसिया बैंकका ग्राहकहरुलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट  उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको छ ।

उक्त समझदारीसँगै बैंकका ग्राहकहरुले हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । 

हिमालय दृश्य रिसोर्टसँगको यो सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट