Techie IT
२०८२ माघ २५, शनिबार

समाचार

सिद्धार्थ हस्पिटालिटीले एक वर्षमा थप ५०० नयाँ रोजगारी सिर्जना गर्ने


काठमाडौं—मुलुककै अग्रणी सिद्धार्थ हस्पिटालिटी ग्रुपले आगामी वर्ष थप ५०० नयाँ रोजगारी सिर्जना गर्ने भएको छ । आक्रामक लगानीसहित सेवा विस्तार गरिरहेको सिद्धार्थले देशका विभिन्न ठाउँमा थपिन लागेका होटल, रेष्टुरेन्ट र अपग्रेड हुन लागेका होटलहरुमार्फत ५०० रोजगारी सिर्जना गर्न लागेको हो ।

शुक्रबार २८ औं वार्षिकोत्सव मनाएको सिद्धार्थले यही वर्षभित्रमा चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट र नारायणघाटस्थित होटललाई चार तारे बनाउदैंछ भने बन्दीपुरमा सिद्धार्थ हेरिटेज होटल सञ्चालनमा ल्याउने भएको छ । यस्तै, चितवनको मेघौलीमा योग, ध्यान सुविधासहितको रिट्रिट सेन्टरका रुपमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने योजनामा सिद्धार्थले काम गरिरहेको छ ।

यही वर्षभित्रै इलाममा प्रोजेक्ट निर्माण कार्य अगाडि बढाउने, धनगढीमा अत्याधुनिक चार तारे होटल सञ्चालनमा ल्याउने र बुटवलको जैकुटीमा इभेन्ट सेन्टर सञ्चालन गर्ने योजना सिद्धार्थ ग्रुपको छ । ‘यी सबै प्रोजेक्टमा यो वर्षमात्रै थप ५ सय हाराहारीमा नयाँ रोजगारी सिर्जना हुनेछन्,’ सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले भने, ‘त्यसबाहेक अहिले भइरहेका प्रपर्टीहरुलाई हामी एक्सपान्सन गरेर क्षमता विस्तार गर्दैछौं ।’ उनले नयाँ आउने प्रोजेक्टलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउँदैं सेवा र गुणस्तर परिस्कृत गर्दै लैजाने बताए ।

काठमाडौं र पोखरामा पनि विस्तारित पोपर्टीका लागि अध्ययन भइरहेको उनले जानकारी दिए । ‘यो वर्षभित्र हामीले त्यो अध्ययन सक्छौं,’ सिईओ न्यौपानेले भने ।  हाल देशभर सिद्धार्थले एक फाइभ स्टार, छ वटा फोर स्टार स्ट्याण्डर्डको प्रपर्टी र अन्य होटल, रेष्टुरेन्ट, क्याफे गरी ३० ठाउँबाट सेवा प्रवाह गरिरहेको छ । सिद्धार्थ होटलअन्तर्गत ८०० सयभन्दा बढी रुमहरु सञ्चालनमा छन् भने झण्डै २५ सय कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सिद्धार्थ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेको अगुवाईमा २८ वर्षअघि हस्पिटालिटीबाट आफ्नो यात्रा सुरु गरेको सिद्धार्थ अहिले ट्राभल, एग्रीकल्चर, ट्रेडिङ हाउस, एजुकेशन, आईटीलगायतका क्षेत्रमा लगानी विविधिकरण गरेको छ  । ‘अन्य भेन्चर्स पाँच—छ ठाउँबाट सेवा प्रवाह भइरहेको छ,’ सिईओ न्यौपानेले भने, ‘आजको दिनमा देशभर चेन भएको कम्पनीका रुपमा सिद्धार्थ हस्पिटालिटीले आफ्नै ब्राण्ड बनाएको छ ।’

राजनीतिक अस्थिरतासँगै भूकम्प, नाकाबन्दी, कोभिड—१९ महामारीजस्ता अप्ठ्यारा र चुनौतीहरुबाट सिद्धार्थ हस्पिटालिटी निखारिएको बताउँदै उनले अझै यसलाई बलियो बनाएर लैजाने बताए । ‘सिद्धार्थ भूकम्प, नाकाबन्दी, कोभिडलगायतका चरण पार गरेर सफलतापूर्वक २८ औं वर्षमा अवतरण गरेको छ,’ उनले थपे, ‘यो हाम्रा लागि एकदमै ठूलो अवसर हो, हामीसँग आवद्ध भएका कर्मचारीको परिश्रम, ग्राहकको माया र कम्पनीका लगानीकर्ताहरुको विश्वासप्रति अत्यन्तै आभारी छौं ।’

सन् २०१९ देखि सिद्धार्थले भिजन ट्वान्टी थर्टीमा काम गरिरहेको उनले जानकारी दिए । जसअनुसार सन् २०३० सम्म फाइभ स्टार तीन वटा, फोर स्टार १० वटा, सिटी होटललगायतका ५६ वटा युनिटहरु सञ्चालनमा ल्याउने लक्ष्य छ । ‘सन् २०१९ मा लिएको लक्ष्य पूरा गर्न जम्मा पाँच वर्ष बाँकी छ, त्यो लक्ष्य पूरा गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘पूरा पनि गर्छौ ।’

न्यौपानेले नेपालमा भइरहेको कम्पनीको सेवालाई परिस्कृत र गुणस्तरीय बनाउँदैं अवसर भएका ठाउँमा सेवा विस्तार गर्दै नेपालको आतिथ्यता, व्यवसाय र नेपाली हस्पिटालिटीलाई विदेशसम्म लैजाने योजनामा पनि काम गरिरहेको सुनाए । 

‘सरकारको नीतिलगायतका विविध कारणले हामी अन्य देशमा जान सकेका छैनौं,’ उनले भने, ‘नीति निर्माण तहमा हामीले नेपालको आतिथ्यता र हस्पिटालिटी विश्वबजारमा लैजाने वातावरण बनाइदिन आग्रह गरेका छौं ।’ यसबाट वैदेशिक मुद्रा नेपाल भित्र्याउन र विश्वबजारमा प्रचार—प्रसार गरेर अझ धेरै पर्यटक भित्र्याएर नेपाली अर्थतन्त्रमा टेवा पु¥याउन सकिने विश्वास उनले व्यक्त गरे ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट