Techie IT
२०८२ फागुन १६, शनिबार

समाचार

लोकप्रिय जापानी सुशी चेनले ब्लूफिन टुना माछा कीर्तिमानी ४६ करोड रुपैयाँमा किन्यो


टोकियो —जापानको टोकियोमा एउटा ब्लूफिन टुना माछा ३.२ मिलियन अमेरिकी डलर (करिब ४६ करोड २ लाख ४ हजार ८००) रुपैयाँमा बिक्री भएको छ । 

सोमबार  जापानको एक सुशी रेस्टुरेन्टले टोकियोको तोयोसु माछा बजारमा हुने वार्षिक नयाँ वर्षको लिलामीमा एक मात्र ब्लुफिन टुनाका लागि ५१० मिलियन येन (करिब ३.२४ मिलियन अमेरिकी डलर) को बोली लगाएको हो ।  

उक्त लिलामीको इतिहासमै अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

२४३ केजी तौलको उक्त बहुमूल्य टुना टोकियोस्थित लोकप्रिय सुशी रेस्टुरेन्ट चेन सुशीजान्मार्इ सञ्चालन गर्ने कम्पनी ‘कियोमुरा कर्प’ प्रतिस्पर्धात्मक बोली लगाउँदैं किनेको हो ।

‘यस वर्ष अर्थतन्त्र सुधारिने आशा छ। ताकाइची प्रशासनले ‘काम, काम, काम’ गर्ने प्रतिबद्धता जनाएको छ, त्यसैले सुशी जानमाईले पनि ‘काम, काम, काम’ नै गर्नेछ,’ ‘टुना किङ’ भनेर चिनिने कियोमुराका प्रमुख कियोशी किमुराले भने। 

उनले जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीको करिब साढे दुई महिना पूरानो सरकारलाई उल्लेख गर्दै भने, ‘यो बोलीले सबैको मनोबल बढाओस् भन्ने आशा छ।’

यो चकित पार्ने बोलीले सन् २०१९ मा कियोमुराले आफैं बनाएको ३३३.६ मिलियन येनको अघिल्लो कीर्तिमान पनि तोडेको हो।

उक्त विशाल टुनालाई सुशी जानमाईको मुख्य शाखामा पुर्‍याइयो, त्यसपछि टुक्र्याएर देशभरका यसको रेस्टुरेन्टहरूमा वितरण गरियो। किमुराकाअनुसार टुनाबाट बनेका परिकारहरू सामान्य मूल्य मै ग्राहकहरूलाई बेचिनेछन्।

-रोयटर्सबाट भावानुवाद



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट