समाचार
कुरिनटारमा केएफसीको नयाँ आउटलेट
काठमाडौं—दिगो ग्रुप अफ इन्डस्ट्रीजअन्तर्गत सञ्चालित दिगो ई—स्टपले कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट संचालनमा ल्याएको छ । १७ पुसमा उद्घाटन केएफसी कुरिनटार आउटलेटको औपचारिक उद्घाटन गरिएको हो ।
सो अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि २५५ विशेष छुट उपलब्ध गराइएको थियो । कुरिनटार केएफसी खुलेसँगै यसले राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभवलाई अझ सहज र आकर्षक बनाउने अपेक्षा संचालकको छ ।
‘यो उद्घाटन दिगो ई—स्टपको यात्रु–केन्द्रित तथा जीवनशैली–मैत्री दृष्टिकोणलाई थप सुदृढ बनाउने एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ । ‘अब दिगो ई—स्टप कुरिनटारमा पुग्ने यात्रुहरूले आफ्ना निजी वा व्यवसायिक सवारी साधन चार्ज गर्दै विश्वभर रुचाइने केएफसीको स्वादको आनन्द लिन सक्नेछन्। यसले यात्रालाई आरामदायी मात्र नभई अझ स्मरणीय बनाउने विश्वास लिइएको छ,’ कम्पनीले भनेको छ ।
‘दिगो ई—स्टपमा हाम्रो उद्देश्य सधैं यात्रुहरूका लागि दिगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो,’ दिगो ग्रुप अफ इन्डस्ट्रीजका समूह सिईो सौरभ श्रेष्ठले भने, ‘कुरिनटारमा केएफसीको उद्घाटनसँगै हामी यात्रुहरूलाई सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं।’
दिगो ई—स्टप कुरिनटारले निजी तथा व्यवसायिक ईभीका लागि फास्ट चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवाहरू उपलब्ध गराउँदै आएको छ। केएफसीको आगमनले दिगो ई—स्टपलाई दिगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा अझ मजबुत बनाएको छ।
२५% विशेष उद्घाटन छुटसहित दिगो ई—स्टप कुरिनटारले यात्रु, परिवार तथा स्थानीय बासिन्दाहरूलाई स्वाद, सुविधा र आरामको नयाँ अनुभव लिन आमन्त्रण गरेको छ—जहाँ दीगो मोबिलिटी र विश्वस्तरीय सेवा एउटै स्थानमा भेटिन्छ।


तपाईको प्रतिक्रिया दिनुहोस