समाचार
एनआईसीयु एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा शाक्य
काठमाडौं—एनआईसीयु एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई सिईओमा नियुक्त गरेको हो ।
नबिल बैंकका वरिष्ठ डेपुटी सिईओ रहेका शाक्य ४ वर्षका लागि एनआईसीको सिईओमा नियुक्त भएका हुन् ।
तीन दशकदेखि बैकिङ क्षेत्रमा सक्रिय रहेका उनले कामु सिईओका रुपमा समेत काम गरिसकेका छन् ।
उनले नबिल बैंकसँगै ग्लोबल आईएमई बैंक, सिभिल बैंक र जनता बैंकमा पनि काम गरेका थिए ।
एनआईसीयुका निवर्तमान सिईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै सिईओ पद रिक्त रहेको थियो ।


तपाईको प्रतिक्रिया दिनुहोस