Techie IT
२०८२ कार्तिक ४, सोमबार

एनआईसी बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट


काठमाडौं—एनआईसी एशिया बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका छन् । बैंक र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलबीच भएको सम्झौताअनुसार एनआईसी बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट सुविधा पाउनेछन् । 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी अर्जुन राज खनियाकाअनुासर बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपाने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  

उनकाअनुसार बैंकले यो सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । 

‘फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले हाम्रो बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएका छौं,’ खनियाले भने । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट