Techie IT
२०८२ भाद्र १६, सोमबार

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबी बैंकको वित्तीय व्यवस्थापन


काठमाडौं—एनएमबी बैंक लि. तथा मन्दाकिनी हाइड्रोपावर लि. बीच २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित उक्त आयोजनामा एनएमबि बैंक लि. को एकल ऋण लगानी रहेको छ । 

२.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको लागत करिब ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने छ । बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहनेछ । एनएमबी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लि.लाई आग्रह गरे  । 

कम्पनीका अध्यक्ष शरदकुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबी बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरे । उनले यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउने प्रतिवद्धता व्यक्त गरे । 

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर लि. द्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवद्र्वित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.सं. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइरहेको र उक्त आयोजनामा समेत एनएमबी बैंक लि. को अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए । 
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट