काठमाडौं—एनएमबी बैंक लि. तथा मन्दाकिनी हाइड्रोपावर लि. बीच २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित उक्त आयोजनामा एनएमबि बैंक लि. को एकल ऋण लगानी रहेको छ ।
२.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको लागत करिब ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने छ । बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहनेछ । एनएमबी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लि.लाई आग्रह गरे ।
कम्पनीका अध्यक्ष शरदकुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबी बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरे । उनले यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर लि. द्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवद्र्वित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.सं. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइरहेको र उक्त आयोजनामा समेत एनएमबी बैंक लि. को अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबी बैंकको वित्तीय व्यवस्थापन

तपाईको प्रतिक्रिया दिनुहोस