Techie IT
२०८२ कार्तिक ४, सोमबार

एनआईसी एशिया बैंकले ल्यायो ८.१७ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा योजना



काठमाडौं—एनआईसी एसिया बैंकले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘NIC ASIA ATHOT Loan Against Share’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । 

गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जानकारी दिए । 

ग्राहकले यो योजनाअन्तर्गत नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ । ग्राहकको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट