Techie IT
२०८३ वैशाख ११, शुक्रबार

समाचार

प्रोटोन इमासको एक्सचेन्ज अफर २४ नोभेम्बरसम्म


काठमाडौं – जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन इमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। पूर्व निर्धारित अवधिमा एक दिन थपिएका कारण कार्यक्रम २१ देखि २४ नोभेम्बरसम्म चल्नेछ । 

एक्सचेन्ज अफर काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ। चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन इमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। 

एक्सचेन्ज अफर ४६ लाख ९९ हजारदेखि सुरु हुनेछ। प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किमी एनइडिसी रेञ्ज प्रदान गर्दछ। 

उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। 

विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट