Techie IT
२०८२ मंसिर २२, आइतबार

याडिया भेलाक्स सिरिज अब नेपालमा

कुजु नेपालले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू


काठमाडौं—विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले याडिया भेलाक्स सिरिज नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। 

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ श्रृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको कम्पनीले जनाएको छ । 

कुजुले याडियाको तीन फरक मोडल फरक पहिचानसहित बजारमा ल्याएको हो । कम्पनीले भेलाक्स यु अल्ट्राले १४० किमीसम्मको रेन्ज दिन्छ र ८० किमी प्रतिघण्टाको गतिमा दौडन्छ । भेलाक्स फास्ट चार्जिङ यो मोडल २० मिनेटमै ८० प्रतिशत चार्ज हुन सक्छ र ११० किमीसम्मको दूरी तय गर्न सक्षम छ । यस्तै, भेलाक्स एच दैनिक प्रयोगका लागि डिजाइन गरिएको मोडल हो । यो मोडलले १०० किमीसम्मको रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

भेलाक्सका आधुनिक मोडलहरुमा लामो यात्राका लागि सहजता, पार्किङमा सजिलो, कीलेस स्टार्ट र स्मार्ट अनलक, मोबाइल एप इन्टीग्रेसन, रेन्ज बढाउन सहयोगी, युएसबी चार्जि पोर्ट, एलईडी लाइट र पूर्ण डिजिटल ड्यासबोर्डजस्ता सुविधाहरु छन् । 

भेलाक्स मोडेलहरुमा ३ वर्ष वा ३० हजार किमिसम्मको वारेन्टी उपलब्ध छ । कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेष्ट राइड, प्रि—बुकिङ, फाइनान्सिङ सुविधाहरु प्रदान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट