नाइमा नेपाल मोबिलिटी एक्स्पोः जगदम्बा मोटर्सका १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडी

काठमाडौं - नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि. ले अब व्यावसायिक विद्युतीय सवारी साधन (इभी) को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दै लगेको छ। कम्पनीले फारीजोन, चेरी वान्डा, किङ लङ जस्ता चिनियाँ ब्रान्डहरू मार्फत १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक इभीहरु नेपाली बजारमा ल्याएको छ।
नेपालले निजी सवारी साधनमा इभीको अभूतपूर्व वृद्धि देखाएपछि अब व्यावसायिक इभी क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भइरहेको छ। यही प्रवृत्तिलाई मध्यनजर गर्दै जगदम्बा मोटर्सले सार्वजनिक यातायात, कर्मचारी ढुवानी, तथा पर्यटनजस्ता प्रयोजनका लागि उपयुक्त इभी भ्यानहरु ल्याएको हो ।
फारीजोन १९ सिटर भ्यानअन्तर्गत फारीजोन गिली ग्रुपअन्तर्गतको विश्वस्तरीय प्रविधीमा आधारित पूर्ण इलेक्ट्रिक प्लेटफर्ममा आधारित गाडी निर्माण गर्छ । १७० केडब्लू इलेक्ट्रिक मोटर नेपालका कठिन उकालोमा सडकहरु पनि सहजै पार गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
गाडीमा ८२.८८ किलोवाटको लिथियम ब्याट्री लामो दूरी यात्रा गर्नका लागि सक्षम छ । यो गाडीले ईयु डब्लूभीटिए प्रमाणपत्र युरोपियन युनियनको उच्च सुरक्षा र गुणस्तर मापदण्डमा आधारित छ । यो पर्यटक तथा अन्तरसहर सेवाका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
गाडीमा डिस ब्रेक, एयरब्याग, एबीएस, इबीडी, ३६० क्यामरा, एडिएएस, एभीएएसजस्ता उन्नत सुरक्षा विशेषताहरु छन् । यसबाहेक एसी, हिटर, हीटेड सिट र स्टेरिङले चालकका लागि आरामदायी अनुभव गराउँछन् ।
गाडीको ब्याट्री चार वर्ष वा ९ लाख किलोमिटरको वारेन्टी रहेको छ भने मोटर वारेन्टी ५ वर्ष वा दुई लाख किलोमिटर रहेको कम्पनीले जनाएको छ । उक्त गाडीको सुरुवाती मूल्य ७६ लाख ९० हजार रुपैयाँ रहेको छ ।
जगदम्बाले ल्याएको अर्को सुविधायुक्त गाडी १४ सिटर इभी माइक्रोबसको मुल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । चेरी वान्डा ब्राण्डको यो माइक्रोबस चिनियाँ ब्राण्ड चेरी र वान्डाको संयुक्त निर्माणमा सहरी आवागमनका लागि भरपर्दो र सक्षम सवारीका रुपमा बनाइएको हो ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालकाअनुसार यी गाडीहरुले इभी पारिस्थितीकी तन्त्रलाई अझ मजबुत बनाउनेछन्, जुन व्यवसायिक चालकहरुमाथिको दबाब कमगर्ने दिशामा ठूलो कदम हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस