समाचार
हुण्डाई नेपालको ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरू
काठमाडौं—नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ वर्षको अवसर पारेर ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ। नयाँ वर्ष हुण्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यो अफरमा आकर्षक सुविधाहरू रहेको उसले जनाएको छ।
यो विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुण्डाई मोडेलहरूमा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन्। साथै, एक वर्षसम्मको निःशुल्क बीमा, सवारी करका साथै मुल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ । जसले गाडी किन्नेहरुको अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउनले विश्वास कम्पनीको छ।
यो अफरलाई अझ आकर्षक बनाउँदै हुण्डाईले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनि निरन्तर दिँदै आएको छ। यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्विस र तीन वर्षको वारेन्टी समावेस छ, जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउने कम्पनीले जनाएको छ।
नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै हुण्डाई नेपालले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्युजस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ । जसमा पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्द्धन र औद्योगिक विकासमा योगदान पुर्याइरहेको छ।
लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस