Techie IT
२०८२ पौष २९, मंगलबार

समाचार

जेनजी प्रदर्शन पीडित सवारी साधनमा कर, दस्तुर र जरिवाना छुट


काठमाडौं—बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २३ र २४ भदौंमा भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय राजपत्रमार्फत प्रकाशित गरेको छ।

प्रदेश सचिव झलकराम अधिकारीको हस्ताक्षरसहितको सूचनामा प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ। साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिने जनाइएको छ।

निर्णयअघि नेपाल ट्रक व्यवसायी महासंघले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग भेट गरी सवारी साधन कर र दस्तुर छुट सम्बन्धी सुझाव दिएका थिए। सोही सुझावअनुसार बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्‌को १६ पुसको बैठकमा चालु आर्थिक वर्षको सवारी साधन कर, केही दस्तुर र जरिवाना छुट दिने निर्णय गरेको थियो । २१ पुसमा उक्त निर्णय राजपत्रमा प्रकाशित भएको हो ।

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारको यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको बताए । ‘हाम्रो पहल सफल भएकोमा हामी खुशी छौं र भविष्यमा यस प्रकारका राहत उपायहरू निरन्तर कायम रहोस् भन्ने आशा गर्छौं,’ उनले भने ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट