Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा



काठमाडौं ।  नेको  इन्स्योरेन्सको  वार्षिक साधारण सभा माघ १२ गते बस्ने भएको छ । 
 

उक्त सभा  काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
 

इन्स्योरेन्स कम्पनीको  पौष १९ गते बसेको सञ्चालक समितिको ४४५ औं बैठकले कम्पनीको  २८ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

यस्तै, सभामा  आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियावली अनुसार गरिएको  संचालकको नियुक्तिको अनुमोदन पनि गर्ने छ ।
 

त्यस्तै सभामा कम्पनीको नियावली अनुसार  आगामी ४ बर्षका लागि १ जना महिला सहित संस्थापक समूहबाट क बाट २ जना र सर्वसाधारण समूह ख बाट ३ जना गरी ५ जना सञ्चालक निर्वाचित हुनेछ।

सभा प्रयोजनका लागि कम्पनीले माघ  २ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट