Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

राष्ट्रियसभा बैठक बस्दै, प्रि बजेटमा आज देखी छलफल सुरू हुने


काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् । 

बिधायन ब्यवस्थापन समितिकी सभापति जयन्ती देवी राइले ‘बिधायन ब्यवस्थापन समितिको बार्षिक प्रतिबेदन २०७९÷८०’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र बन्यजन्तु बिचको दन्दको अबस्था प्रतिबेदन, २०८०’ सभा समक्ष पेश गर्ने छिन् ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन बिधेयक २०७६ फिर्ता गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ । 

अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट