Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौं । सिटिजन  लाइफ इन्स्योरेन्सको  वार्षिक साधारण सभा माघ १४ गते बस्ने भएको छ । 
 

उक्त सभा  काठमाडौंको नक्सालस्थित आ्र्रमापाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
 

इन्स्योरेन्स कम्पनीको  पौष १९ गते बसेको सञ्चालक समितिको ९८ औं बैठकले कम्पनीको  सातौं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
 

त्यस्तै उक्त बैंठकले कम्पनीको  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियावली अनुसार गरिएको  संचालकको नियुक्तिको अनुमोदन पनि गर्ने छ ।
 

त्यस्तै बैंठकले  साधारण सेयरधनीहरुबाट संचालक समितिमा प्रतिनिधित्व  गर्ने २ जना संचालकको निर्वाचन गर्ने समेत निणर्य गरेको छ । 
 

सभा प्रयोजनका लागि कम्पनीले पौष २९ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पौष २६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट