Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सिटिजन्स बैंकको साधारणसभा असोज २६ मा, एजेण्डा लाभांश र मर्जर


काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश पारित एजेण्डासहित वार्षिक साधारणसभा डाकेको छ। बैंकले असोजको २६ गते साधारणसभा गर्न लागेको हो। बैंकले यसपाली नगद लाभांशलाई प्राथमिकतामा राखेको छ।

बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिनेछ। लगानीकर्ताले दसैंअघि नै नगद लाभांश पाउने छन्। नगद लाभांशमा बैंकको ८२ करोड २१ लाख रुपैयाँ बाहिरिने छ।

बैंकले साधारणसभामा भाग लिन र लाभांश बुझ्न असोज १४ सम्म सेयर खरिद गरेको हुनु पर्छ।

बैंकले मर्जरलाई विशेष प्रस्तावका रुपमा राखेको छ। उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि बाटो खुला राखिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट