Techie IT
  • २०८१ वैशाख २६, बुधबार

५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १५ अर्ब ७२ करोडमाथी


 

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा ११ लाख ६१ हजार २५९ बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले मंसिरमहिना मात्रै २ अर्ब ९९ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबभन्दा धैरे बीमा शूल्क आर्जन गर्ने सफल भएको छ । कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गदै धैरे बीमा शूल्क संकलन गर्ने निर्जिवन बीमा कम्पनीहरु मघ्ये दोस्रो स्थान रहेको छ ।

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गदै तेस्रो स्थानमा रहयो भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा आर्जान गदै चौथो स्थानमा रहेको छ । त्यस्तै १ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गदै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स पाँचौ स्थान रह्यो ।

त्यस्तै,नेको इन्स्योरेन्सले १ अर्ब ३३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ९६ करोड ८६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८४ करोड १४ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ७२ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ६१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५१ करोड १९ लाख रुपैयाँ कुल  बीमा शूल्क संकलन गरेका छन् ।

त्यस्तै माइक्रो निर्जिवन बीमा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यस अवधिमा नेपाल माईक्रो इन्स्योरेन्सले १ करोड ४० लाख रुपैयाँ र प्रोटेशटटभ माईक्रो इन्स्योरेन्सले १ करोड ३८ लाख रुपैयाँ बिमा शूल्क आर्जन गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट