Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सिटिजन लाइफको आईपीओ बाँडफाँट


काठमाडौं- बिहीबार सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो।

इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो।

निष्काशन अवधिमा इन्स्योरेन्सको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १४ लाख ७ हजार २३७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ९ लाख आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको सेयर प्राप्त गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट