Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

नेप्सेमा ६ कम्पनीको मुल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ६ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा हिमालयन डिष्ट्रीलरीको १० प्रतिशत,साना किसान विकास लघुवित्त १४.२५ प्रतिशत,घोराहि सिमेन्टको १५ प्रतिशत,सर्पोट माइक्रोफाइनान्स १३ प्रतिशत ,आत्मनिर्भर लघुवित्त १० प्रतिशत र राधि विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर समायेजन भएको हो ।

समायोजन पछि हिमालयन डिष्ट्रीलरीको सेयरको मूल्य प्रतिकित्ता १७२५.४५ रुपैयाँ ,साना किसान विकास लघुवित्तको ८८८.३२ रुपैयाँ,घोराहि सिमेन्टको ५०२.६१ रुपैयाँ,सर्पोट माइक्रोफाइनान्सको ९५५.७५ रुपैयाँ,आत्मनिर्भर लघुवित्तको १६५९.०९ रुपैयाँ र राधि विद्युतको २२८.६४ रुपैयाँ कायम भएको छ ।


नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन अघि हिमालयन डिष्ट्रीलरीको सेयरको मूल्य प्रतिकित्ता १८९८ रुपैयाँ ,साना किसान विकास लघुवित्तको १०१४.१४ रुपैयाँ,घोराहि सिमेन्टको ५७८ रुपैयाँ,सर्पोट माइक्रोफाइनान्सको १०८० रुपैयाँ,आत्मनिर्भर लघुवित्तको १८२५ रुपैयाँ र राधि विद्युतको २३९.५० रुपैयाँमा अन्तिम करोबार भएको थियो ।

अब दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट