Techie IT
  • २०८१ वैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको आईपीओ पुस २५ गतेदेखि


काठमाडौं । सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले स्थानीय बासिन्दा र श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको २ प्रतिशतले हुन आउने ९ लाख ३० हजार सेयर उद्योग प्रभावित स्थानीय र २ लाख ६७ हजार कित्ता सेयर श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने लागेको हो ।

जसमघ्ये खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ ,रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्वी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय र उद्योग प्रभावित क्षेत्रका नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६, ११ र १३ (साविक सुनवल नगरपालिकाको वडा नं. ३, वडा नं. ४, वडा नं. ५ वडा नं. ६ साविक धुरकोट गा.वि.स.को वडा नं. ६ र साविक रामनगर गा.वि.स.को वडा नं. २, ४, ५, ६ र ७) रहेका स्थानीय बासिन्दा छन्र ।

कम्पनीले बुक बिल्डिंग विधीबाट साधारण सेयर जारी गर्ने लागेको हो । स्थानीय बासिन्दा र वैदशिक रोजगारमा रहेका नेपालीहरुले सेयर खरिदका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आवेदन दिनुपर्ने छ ।

स्थानीय आवदेनकर्ताले माघ १० गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले माघ १० गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा दुवैले ५० कित्ता देखि १० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।

स्थानीय बासिन्दाले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट