Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

ट्रेड एक्स्पोमा करोबार बढ्यो


 

 

विराटनगर  कोशी प्रदेशको राजधानी विराटनगरमाजारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा १० करोड ५५ लाख रुपैयाँभन्दाबढीको कारोबार भएको छ ।

 

एक्स्पो सुरु भएको ८ दिनको अवधिमा साँढे १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । हालसम्म एक्स्पोमा १ लाख ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । 

 

एक्स्पोमा विशेषगरी नेपालको अल्लो कपडा, किवी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टिककाभाँडा वर्तन आदि विशेष छुटमा बिक्री भइरहेको आयोजकले जनाएको छ ।

 

यसैगरी, भारत, पाकिस्तान तथा बंगलादेशकाकपडा, छालाका सामग्री, भान्सामा प्रयोग गरिने सामग्री लगायतका स्टलहरुमा पनि भीडभाड देखिने गरेको छ ।

गत पुस ६ गते प्रधानमन्त्रीपुष्पकमल दाहालले उद्घाटन गरेको एक्स्पो पुस १६ गते सम्म सञ्चालन हुने संयोजक अनिलकुमार साहले बताए ।

 

मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाईचलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका प्रदेशका वस्तुहरुकोराष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण एवं कोशी प्रदेशका पर्यटकीय तथा धार्मिक गन्तव्यहरुकोप्रचार प्रसार गर्ने उद्देश्य एक्स्पोको छ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट