Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो


 

काठमाडौं—देउराली जनता फर्मास्युटिकल्स (डिजेपीएल)को एक वर्षको कारोबार १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । 
सन् २०२२ को तुलनामा यस बर्ष कम्पनीको कारोबार १६ करोडले वुृद्धि भएको छ । उक्त बर्ष कम्पनीले १ अर्ब ७० करोड  रुपैयाँ बराबरको कारोबार गरेको थियो । 
कम्पनीको सन् २०२३ को वित्तिय विवरणअनुसार कम्पनीले १ अर्ब ८६ करोड (अरिष्कृत) बराबरको कारोबार गरेको हो । 
देउराली जनताले सन् २०२१ मा १ अर्ब ४६ करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरेको थियो । 
सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले कार्डियोभास्कुलर, डाइबटिज, गाइनोकोलोजी, चाइल्ड केयर, ग्यास्ट्रो, हेपाटो र डर्मासहित विभिन्न विधाका २ सय ५० भन्दा बढी प्रडक्टहरु उत्पादन गरिरहेको छ ।

देउराली जनता फर्मास्युटिकल्समा अध्यक्ष तथा कार्यकारी निर्देशक हरिभक्त शर्माको मुख्य स्वामित्व छ । उनको ७१ प्रतिशत शेयर छ । कम्पनीले त्यसबाहेको सेयर उनका परिवार र एसोसियटहरुको रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट