Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

२५ रुपैयाँ बचतबाट सुरू भएको तौडोलछापको पुँजी १२ करोड ८ लाख


भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा छ । 

सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचतकर्ताहरूले मासिक २५ रुपैयाँ मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ र एक अर्कालाई सहयोग गर्नुपर्छ भन्दै मासिक २५ रुपैयाँका दरले २०६३ साल देखि जम्मा गर्न थालेका थिए । 

बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको थियो । ३० जना बचतकर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् ।

 सहकारीको अघिल्लो वर्ष कुल पुँजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैयाँ रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ पुगेको छ ।

सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट