Techie IT
  • २०८१ वैशाख २६, बुधबार

८० प्रतिशतसम्म फाइनान्सिङको सुविधासहित फोटोनले ल्यायो हाइ रुफ इभी भ्यान


काठमाडौं । ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधासहित फोटोनले  नेपाली बजारमा   हाइ रुफ इभी भ्यान ल्याएको छ ।

फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा ल्याएको हो । कम्पनीले सोमबार एक कार्यक्रमका बीच उक्त भ्यान सार्वजनिक गरेको हो।

१५ सिटर फोटोनको हाइ रुफ इभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ रहेको छ । फोटोन नेपालले ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा पनि दिइने कम्पनीले बताएको छ।

यी इभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटीए प्रमाणित सवारी साधनहरू हुन्, जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ।

फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गरेको छ। हाई रुफ इभी भ्यानमा ८५ किलोवाटको पावरसहित फराकिलो भित्री भाग र आरामदायी सवारीका लागि फुल एसी सुविधा छ। कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट आवरको क्याटल ब्याट्री छ, जुन विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माताको उत्पादन हो।

फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ इभी भ्यान यस सेग्मेन्ट अन्तर्गत यसको उन्नत प्रविधिको लागि मात्र नभइ यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको बताए।

त्यस्तै, यसको कम मर्मत खर्चले सवारीधनीलाई थप बचत गर्न पनि सघाउने पनि उनको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट