Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

राष्ट्र बैंकले गाईको चित्र अंकित नयाँ मुद्रा ल्यायो, एउटाको मूल्य ४ हजार रुपैयाँसम्म


काठमाडौं- नेपाल राष्ट्र बैंकको सुन्धारास्थित टक्सार महाशाखा बबरमहलको नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण गरेर सिक्का मुद्रणको काम थालेको छ।

राष्ट्र बैंकले पुरानो मेसिन मर्मत गरेर मुद्रणको काम सुरु गरेको हो।

राष्ट्र बैंकले आइतबारदेखि गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री सुरु गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले नयाँ सिक्का सार्वजनिक गरेका छन्।

राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदी मेडालियन सिक्का बिक्री सुरु गरेको हो।

१० ग्रामको सिक्काको १६ सय र २५ ग्रामको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

राष्ट्र बैंकसँग मौज्दात रहेका चाँदीलाई गलान गरी नयाँ सिक्का तयार पारिएको हो। मुद्राको दर तय नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट