Techie IT
  • २०८१ वैशाख २६, बुधबार

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । यी पाँच वटै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्ने बताइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत नगद वितरण गर्ने भएको छ । जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, कालिका पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश (कर प्रयोजन) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरि, युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट