Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा


 

काठमाडौं, २६ माघ । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो। 

अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको बम्पनीले जनाएको हो। यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ। 

यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो। हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ।सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो। यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट