Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

झिनो अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको अन्तिम करोबारको दिन आज  १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ ।


यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १०३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ वटाको स्थिर छ । 

आज सेयर बजारमा १३ ओटा समूहमध्ये ६ समूहमा हरियाली छाएको छ भने बाँकीमा अरु समूहमा रातो पोतिएको छ ।

आज बजारमा सबैभन्दा धेरै कारोबार सोनापुर आयल एन्ड मिनरल्सकोे भएको  छ। कम्पनीको १४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै,शिवम् सिमेन्टको १३ करोड ६५ लाख रुपैयाँ ,घोराही सिमेन्टको १३ करोड ४३ लाख रुपैयाँ र  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँभन्दा बढीमा करोबार भएको छ ।

त्यस्तै, आजको दिन भिजन लुम्बिनी उर्जा कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने  बीपी डब्लू लघुवित्त वित्तीय संस्था र  धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ  ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट