Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

नेपालको सबै भन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायेकको रुपमा खल्ती सम्मानित



काठमाडौं । एनसीएचएल (राष्ट्रिय क्लिअरिङ्ग हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरिएको छ।

तत्काल सुरक्षित, र भरपर्दो अनलाइन भुक्तानी सेवाहरु  प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी  संस्थाको  रूपमा देखा परेको छ। मोबाइल रिचार्ज, बिल भुक्तान, र टिकट बुकिंग सहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ, खल्ती देशमा वित्तीय समावेशीकरणलाई बढावा दिन अग्रणी भूमिका  निर्वाह  गरि रहेको छ।

युवा पुस्ता  मा  निकैनै  लोकप्रिय  खल्ती  डिजिटल  वाल्लेट  ले  पछिल्लो  समय Movie/ Event  टिकेटिङ , क्यापिटल मार्केट  को  भुक्तानी , विभिन्न  सरकारी  सेवा  हरुको  भुक्तानी  मा  समेत  अब्बल  रुपमा  काम  गर्दै  आहिरहेको  छ ।


सम्मान प्रति कृतज्ञता ज्ञापन  गर्दै खल्तीका प्रमुख  कार्यकारी  अधिकृत  बिनाय खड्काले “नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका  साथ सुरू गरिएको खल्ती  डिजिटल  वालेटले  अज्जै नबिनतम  सेवा  तथा  सुबिधाहरु  ल्याई  निर्बाध डिजिटल भुक्तानी का   समाधानहरू प्रदान गर्ने प्रतिबद्ता  ब्यक्त  गर्नु  भयो।


ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू,  १ लाख  भन्दा बढी एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट , ५० भन्दा बढी बैंक तथा वित्तिय संस्था,  १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारी को परिवारमा रूपान्तरण भएको छ।

 सम्पूण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट