Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

रेसुङ्गा विमानस्थलमा तीन महिनापछि पुनः उडान सुरू, काठमाडौं आउने यात्रु भने तीनजना मात्रै


गुल्मी- रेसुङ्गा विमानस्थलमा पुनः उडान सुरू भएको छ। नेपाल वायु सेवा निगमले मौसममा सुधार आएसँगै शुक्रबार पुनः उडान सुरु गरेको हो।

गत वैशाख अन्तिम सातादेखि व्यावसायिक उडान सुरू गरिएको विमानस्थलमा मौसमको खराबीका कारण नियमित उडान हुन सकेको थिएन। खराब मौसमका कारण गत जेठ अन्तिम सातादेखि उडान स्थगित थियो।

निगमको जहाज शुक्रबार बिहान काठमाडौंबाट ११ यात्रु लिएर रेसुङ्गा गएको थियो। रेसुङ्गाबाट भने विमानमा ३ यात्रु मात्र काठमाडौं आएका छन्।

निगमका रेसुङ्गा विमानस्थल इन्चार्ज सुमन थापाका अनुसार अबदेखि मौसम हेरेर सातामा एक दिन शुक्रबार उडान हुने छ। चाडपर्व सुरु भइसकेकाले यात्रु अभाव नहुने निगमको विश्‍वास छ।

रेसुङ्गामा काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा उडान हुन्छ। रेसुङ्गाबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने तालिका छ। रेसुङ्गा-काठमाडौंको भाडा ७ हजार ८० र काठमाडौं-रेसुङ्गाको भाडा ७ हजार २८० रुपैयाँ तोकिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट