Techie IT
  • २०८१ वैशाख २६, बुधबार

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक


काठमाडाैं  । रोयल इन्फिल्ड मिटिओर ३५० cc को तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा त्रिवेणी ग्रुपका निर्देशक श्री. सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख  अभिषेक सुक्लाले मिटिओर फाइरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन ।

Meteor मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, Electronic Fuel Injection (EFI) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ ।

यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० कि.मि. माइलेज दिने छ l इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० mm व्हीलबेस, ७६५ mm सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी – चौडा टुबलेस टायर्र (१००/९० – १९’’ – ५७ P ), पछाडी – चौडा टुबलेस टायर्र (१४०/७० – १७’’ – ६६P)  जस्ता फिचरहरू पाउन सकिन्छ ।

Meteor Fireball ३५०cc – पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्, त्यस्तै Meteor Stellar ३५०cc – कालो, निलो र रातो रंगमा उपलब्ध छन् र Meteor Supernova ३५०cc – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् l

कम्पनीले Meteor Fireball ३५०cc को मूल्य पाच लाख पचास हजार रुपैयाँ (५५०,०००), Meteor Stellar ३५०cc –  को मूल्य पाच लाख पचपन्न हजार रुपैयाँ (५५५,०००) र Meteor Supernova३५०cc – को मूल्य पाच लाख पैसठी हजार (५६५,०००) तोकेको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

 

Received Awards and Recognition by Meteor 350:

  1. Meteor 350 wins BBC Top Gear (India) Motorcycle of the Year Award
  2. The Royal Enfield Meteor 350 has been awarded the prestigious 2021 CNB Two-Wheeler of the Year Award.
  3. CNB Entry Modern Classic Motorcycle of the Year Award
  4. CNB Two-Wheeler Manufacturer of the Year


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट